Tara Nidhi Bhattarai

Tara Nidhi Bhattarai

डा. तारानिधि भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन । भूगर्भशास्त्र, विपद् व्यवस्थापन, दीगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखी अध्ययन तथा अनुसन्धान गरिरहेका उनले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सभा-सम्मेलनमा नेपालका प्रतिनिधिका रुपमा भाग लिई कार्यपत्रहरु प्रस्तुत गरेका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखी अन्त्यसम्म निर्देशक समितिको विज्ञ-सदस्यको भूमिका निर्वाह गरेका थिए ।

Nimananda Rijal

Nimananda Rijal

डा. निमानन्द रिजाल प्राविधिक शिक्षाविद् हुन् । उनले अफ्रिकी मुलुक बोत्स्वानामा करिब १७ वर्ष र नेपालमा १६ वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा योगदान दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निर्देशक समितिको विज्ञ-सदस्य रहिसकेका उनी हाल काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रुपमा प्राविधिक शिक्षामा पाठ्यक्रम निर्माण विषयमा अध्यापनरत छन् ।

Kishore Thapa

Kishore Thapa

इन्जिनियर किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् । सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा उर्जा आयोग र निर्वाचन आयोगको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूरै अवधि निर्देशक समितिको विज्ञ सदस्य थिए । हाल उनी विभिन्न विश्वविद्यालय र सङ्घसंस्थामा संलग्न रही भवन निर्माण, आवास तथा सहरी विकासका क्षेत्रमा अध्ययन-अनुसन्धानमा क्रियाशील छन् ।