1 Book
२०३० सालदेखि शिक्षण पेशामा लागेका नारायण सुवेदीको जन्म र कर्म भूमि रोल्पा हो । २०३६ देखि २०४३ साल भदौसम्म लिवाङको बालकल्याण माविमा प्रधानाध्यापक रहेका उनी २०४३ साल असोजयता गजुलको जनज्योति मावि र त्यसपछि उच्च माविमा त्यही जिम्मेवारीमा छन् । द्वन्द्वकालमा आफू माओवादीद्वारा अपहरित हुँदादेखि मुक्त गरिँदासम्मको एक सय दिनका अनुभवहरू उनले यो पुस्तकमा दैनिकीका रूपमा प्रस्तुत गरेका छन् ।
