कुलचन्द्र गौतमKulchandra Gautam

by Kul Chandra Gautam

पहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको उदय, संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव तथा युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ । - सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी

यदि नेपालको डाँडाकाँडामा जन्मेको एउटा केटोले राष्ट्रसङ्घका सभाकक्षहरूसम्म प्रभावकारी पहुँच बनाउन सक्छ भने यस ' संसारमा असम्भव भनेको केही छैन । - भ्यालरी जुलियान्ड (नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि)

दुर्गम गाँउबाट उदाएका सहृदयी गौतम भित्रभित्रै यति दृढ व्यक्तित्व हुन्, जसका सामाजिक न्यायप्रतिको प्रतिबद्धता सतिसालझै अटल छ। - कुन्द दीक्षित

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।

लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।

गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । 

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

Book details

Genre
Biography & Memoirs
Language
Nepali
Format
Paperback
Edition
1st
Published
August 28, 2022
Pages
476
ISBN-13
9789937937887
ISBN-10
9937937884
Kul Chandra Gautam

About the author

Kul Chandra Gautam

Kul Chandra Gautam is a diplomat, development professional, and a former senior official of the United Nations. Gautam’s life is an inspirational story of how a boy from a remote village in Nepal went on to become the senior-most Nepali in the UN system. Beneath a soft-spoken exterior, Gautam is a man of ironclad convictions and commitment to social justice.

View all books by Kul Chandra Gautam