पल्पसा क्याफे - नारायण वाग्लेको पहिलो उपन्यास

15 Jul 2005

लेखक

नारायण वाग्ले कान्तिपुर दैनिकका सम्पादक हुन् । उनी शनिबारे स्तम्भ कफी गफका लेखकका रूपमा पनि परिचित छन् । कफी गफ पत्रकारिता र साहित्यको एउटा स¨म हो जसमा उनी विशेषगरी यात्रा र जम्काभेटहरूको रोचक वयान गर्छन् । समाचार बन्न नसकेका विषयवस्तुलाई साहित्यिक र¨ दिन्छन् र पाठकलाई आफूले गरेका यात्रामा डोरर्याउंछन् । 

पल्पसा क्याफे उनको त्यही सिलसिला हो जसलाई उनले बृहद् आकार दिएका छन् ।

उनको यो पहिलो उपन्यास हो । कफी गफ शैलीमा बुनिएकाले भाषा सरल छ र कथ्यशैली रोचक । पाठकहरू आफैं वरिपरिका पात्र र घटना सम्झिन सक्छन्, समय र संघर्ष बुझ्न सक्छन् । 

उपन्यास

दुई सय ४५ पृष्ठ लामो यो उपन्यासले पात्रहरूलाई एउटा समयको क्यानभासमा उपस्थित गराएर प्रश्नहरू गरेको छ। ती प्रश्न समकालीन नेपालका छटपटी हुन् । 

उपन्यासकारका एक चित्रकार साथी यसका प्रमुख पात्र हुन् जो ‘वेपत्ता’ पारिएका छन् । दृश्य नामका ती चित्रकार र अमेरिकाबाट फन्केर फर्केकी पल्पसा नामकी उनकी प्रेमिकाबीचको कथा हो यो । दृश्य र पल्पसाबीच दुई भिन्न पृष्ठभूमि, चेतना र सोचाइको संघर्ष छ । उनीहरू दुई भेल जस्ता छन् जब मिल्न खोज्छन् देशको द्वन्द्वले अवरोध गर्छ । द्वन्द्वको प्रभाव उपन्यासको पृष्ठभूमि हो जहा“ दृश्य चेतना र यथार्थको भूमरीमा अल्मलिन्छन् ।

यो उपन्यास मूलतः नेपाली पहाडको एउटा कफीघरका बारेमा छ जसलाई आर्ट सेन्टरमा रूपान्तर गर्ने ती चित्रकारको धोको छ । उनी देश र द्वन्द्वको चेपमा परेका छन् । आफु जन्मेको पहाड फर्केर उनी कल्पनाको सुन्दर क्यानभास कु“द्छन् जसमा द्वन्द्वका छिटा लत्पतिन्छन् । सिद्धार्थ नामका कलेजकालीन सहपाठीको प्रवेशले दृश्यलाई ‘जनयुद्ध’को हुण्डरीमा परेको पहाड पुर्याउंछ । घाइते मन लिएर काठमाडौं फर्केका चित्रकार द्वन्द्वको शिकार भएकी प्रेमिकाका नाममा चित्रहरूको एउटा ऋखला रचना गर्न थाल्छन् । युरोपबाट आएकी एक कला पारखी उनका चित्र प्रेमपूर्वक नियाल्छिन् । तर चित्रकार देशको संकटको कैदमा पर्छन् किनभने उनी एकदिन अचानक ‘वेपत्ता’ पारिन्छन् ।

राज्यले वेपत्ता पारेका, ‘जनयुद्व’ले शिकार गरेका र समय प्रवाहमा चञ्चल भइरहेका पात्रहरूको संयोजन र घटनाहरूबाट यो उपन्यास बुनिएको छ । तात्कालीक भए पनि सर्वकालीक विषयमा परम्परागत ढा“चा भए पनि समकालीन शैली भएको यो उपन्यासले नेपाली साहित्यका पाठकहरूमाझ एउटा गतिलो पाठ प्रस्तुत गर्नेछ । 

प्रकाशक

नेपा~लय यो प्रथम प्रकाशन हो ।

नेपा~लय, सृजनात्मक कलाको ब्यवसायिक ब्यवस्थापनमा लागेको संस्था हो । हाल सम्म नेपा~लयले संगीत र डकुमेन्ट्री सम्बन्धी काम गर्दै आएको छ । अब देखि नेपा~लयले पुस्तक प्रकाशनको काम समेत सुरु गरेको छ । प्रस्तुत उपन्यास पल्पसा क्याफे को छपाई समेत सबै पक्षहरु उत्कृष्ट रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको छ । 

यसको मूल्य  पातलो गाताको लागी रु २५० र मोटो गाताको लागी रु ४५० निर्धारण गरिएको छ । 

विमोचन 

पल्पसा क्याफेको  बिक्री वितरण साउन महिना भित्र शुरु हुने भएको छ । 

यसै कुराको सार्वजनिक जानकारी साउन १ मा यलमाया केन्द्रमा आयोजित एक समारोह बीच गरियो । 


थप जानकारीको लागि

अर्पण शर्मा 

नेपा~लय