तनाव, आपाधापी र हस्याङफस्याङले आजका मानिसको जीवनशैली अत्यन्त जटिल छ। सामाजिक सञ्जालहरूबीच बसेर पनि एक्लोपन, निराशा र अवसादले घेरिएको मानिसप्रति अत्यन्त करुणा राख्ने पुस्तक हो, कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ । मन बुझ्ने र बुझाउने, चिन्ने र सम्हाल्ने साथी हो यो पुस्तक ।
विज्ञान, स्वास्थ्य र अध्यात्मलाई जोडेर सुखमय जीवनको सूत्र खोज्ने क्रममा लेखक जीवनकुमार प्रसाईंले मानिसलाई अझ सामाजिक र सादगी बन्न उत्प्रेरणा दिएका छन् । वैज्ञानिक तथ्यलाई समेत सरल, प्राञ्जल र सूक्तिमय भाषाशिल्पमा पस्कने उनको शैली जादुमय छ ।
Format | Paperback |
ISBN (Paperback) | 9789937984225 |
Language | Nepali |
Genre | Non-fiction |
Publication Date | 2025-05-10 |