Koshiko Katha's front cover
Koshiko Katha's front coverKoshiko Katha's back cover
Get this book
Paperback Rs 295 Buy
eBook Rs 145 Buy
Audiobook Rs 195 Buy
AavaasNarrated by Aavaas
Buy paperback · Rs 295
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
कोशीको कथाKoshiko Katha

by Matrika Prasad Koirala

सात सालको क्रान्तिताका नेपाली कांग्रेसका 'सुप्रिम कमाण्डर' तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए ।

प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिमाथि लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर २०११ सालको कोशी-सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् ।

कोशी-सन्धि कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादास्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभीषिका दुवै देखे । कोइरालाका आँखाबाट देखिएका कोशीका कथा समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छँदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् ।

यो पुस्तक पहिलोपल्ट २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठानबाट प्रकाशित भएको थियो ।
 

Book details

Genre
Literature/Essays
Language
Nepali
Format
Paperback
Published
November 10, 2020
Pages
152
ISBN-13
9789937937849
ISBN-10
9937937841
Weight
123 g
Dimensions
5.1 x 7.7 x 0.3 inches
Matrika Prasad Koirala

About the author

Matrika Prasad Koirala

मातृका प्रसाद कोइराला

मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। उनी वि. सं. २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) भए।

Matrika Prasad Koirala was the Prime Minister of Nepal. Koirala was born to Krishna Prasad Koirala and his first wife Mohan Kumari Koirala in 1912 in Varanasi, British Raj. 

View all books by Matrika Prasad Koirala