Pwakh

प्वाँख

Nabin Prachin

"'प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।"
- नवराज पराजुली

"के कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञ्चलताले भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।"
- नदीश

FormatPaperback
ISBN (Paperback) 9789937953016
Pages 112
Language Nepali
Edition 1st
Genre Poetry
Publication Date 2022-07-02
Nabin Prachin

Nabin Prachin

नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उतार्न सक्ने कवि हुन्। उनका नाममा सुफी बान्कीका कविताको सङ्ग्रह 'उभिएर एक्लै' छ। टाढासम्म पुगेको यात्री र भित्रसम्म पुगेको ध्यानिले बोलेका पहिला वाक्यजस्ता कविताहरु 'प्वाँख' मा छन्।