सीमान्त सम्झना एउटा उत्सुक बालक-किशोरले देखेको आफ्नो घर- समाजको रूपान्तरणको संस्मरण हो । विज्ञान र प्रविधिका आविष्कारहरूले पैदा गर्ने कुतूहल अनि तिनले निर्माण गर्ने नयाँ अध्यायहरूको सुन्दर कोलाज यहाँ छ । रमाइलै रमाइलोमा गम्भीर कुरा पस्किने यस पुस्तकले वीरगन्जको माटोमा आधुनिकताको बाटोको इतिहास भन्छ । यस्तो लोकइतिहास जो लेखिएन; यति मीठो मसिनोसँग त झनै लेखिएन । हर परिवेशको इतिहास नआई देशको इतिहास पनि त पूरा हुँदैन नि, हैन र !
Format | Paperback |
ISBN (Paperback) | 9789937968294 |
Language | Nepali |
Genre | Memoirs |
Publication Date | 2025-04-12 |