डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन् । प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२(६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन् । जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन् । समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैँमा रोचक छन् । जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ ।
Formats | Paperback, Hardcover |
ISBN (Hardcover) | 9789937937832 |
ISBN (Paperback) | 9789937937825 |
Pages | 216 |
Language | Nepali |
Edition | 1st |
Genre | Memoirs |
Publication Date | 2020-10-17 |