
दाङमा जन्मिएकी उनी एसएलसीपछि अनमी पढ्न चाहन्थिन् । फर्म भर्ने अन्तिम दिन राप्तीमा ठूलो बाढी आयो; रुइदै-रुँदै घर फर्किइन् । आईए पढ्न घोराही पुगिन् । चिठी पुऱ्याइदिने बहानामा उनलाई विद्रोही माओवादीसित पुऱ्याइयो । त्यसपछि उनी कस्ता-कस्ता मोड हुँदै गुज्रिइन् ? पुस्तकमा कहालीलाग्दो/कहानीलाग्दो वृत्तान्त छ ।
युद्धकालभरि प्रशस्त डायरी लेखेकी लीलाको लेखन कर्ता होइन; साक्षीभावमा छ । जे भोगिन्, सो सोअनुसार उतारेकी छन् । इतिहास लेख्नेहरूले झिनामसिना लागेर नै होला, बेवास्ता गरेका महिला-महिनावारी-माया-मातृत्व, करुणा-कैशोर्यजस्ता विषय पनि यहाँ छन् । 'पर्सनल इज पोलिटिकल', राजनीतिक व्यक्तिको कहानी झन् व्यक्तिगत मात्र हुने त कुरै भएन । पटक-पटकको मृत्यु जितेकी लीला फेरि क्यान्सरसँग जुध्नुपर्यो । तर, उनले त्यसलाई हिम्मतसाथ जितिन् । रसमय भाषामा लेखिएको लीलामय जीवन-संस्मरण रोचक छ ।
दाङमा जन्मे-हुर्केकी लेखक लीला शर्मा 'अस्मिता' एसएलसीपछि अनमी पढ्न चाहन्थिन् । फर्म भर्ने अन्तिम दिन राप्तीमा ठूलो बाढी आयो; रुइदै-रुँदै घर फर्किइन् । आईए पढ्न घोराही पुगिन् । पछि उनी माओवादीसँग आवद्ध भएर क्रान्तिमा होमिइन्।
Lila Sharma ‘Asmita’ was head of the Former Maoist People’s Liberation Army (PLA) Women’s Academy. She was a Brigade Vice-Commander in the PLA at the time the combatants entered the cantonments. Born and raised in Dang district, she was the first woman to rise to the rank of battalion commander in the Maoist ‘base areas’ of mid-western Nepal.