बाग्लुङमा 'भरियाको भूगोल'

03 May 2017

२० गते ।

'भरियाको भूगोल' पुस्तक यात्रा लिएर दौडाहामा निस्केको कवि दिनेश अधिकारीको टोलीले बागलुङमा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ जेसिसको आयोजनामा सम्पन्न कार्यक्रमलाई जेसी जोन बज्राचार्यले सभापतित्व गरेका थिए।
- कार्यक्रममा बागलुङका प्रतिष्ठित साहित्यिक व्यक्तित्व काजी रोशन, प्रेम छोटा लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपालयले प्रकाशन गरेको 'भरियाको भूगोल'का बारेमा कवि संगीतकार आभासले मन्तव्य राखेका थिए । उनले कवि दिनेश अधिकारी सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर सृजना गर्ने कुशल सर्जक भएको बताए । पुस्तक यात्रा बागलुङपछि बेनी हुँदै अगाडी बढ्नेछ ।