बेनीमा 'भरियाको भूगोल'माथि अन्तर संवाद

04 May 2017

२१ गते ।

आज बिहान बेनीमा 'भरियाको भूगोल' काव्यमाथि अन्तर संवाद सम्पन्न भएको छ । अन्तर संवादको प्ररम्भमा बेनीका प्रबुद्ध व्यक्तित्व मुकुन्द पौडेलले काव्यमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । नेपालयकातर्फबाट कवि दिनेश अधिकारीको काव्य र व्यक्तित्वमाथि संगीतकार आभासले परिचयात्मक मन्तव्य राखेका थिए । न्यु होराइजन आवासीय माविले आयोजना गरेको सो कार्यक्रम शिक्षासेवी दलबहादुर जिसीको सभापतित्वमा भएको थियो । बुलबुल साहित्यिक पत्रिका सह आयोजक रहेको कार्यक्रम न्यु होराइजन आवासीय माविको प्राङ्गणमा भएको थियो ।