दमौलीमा 'भरियाको भूगोल'

04 May 2017

२१ गते ।

कवि दिनेश अधिकारीको 'भरियाको भूगोल' काव्य बोकेर देश दौडाहामा निस्केको यात्रा टोलीले दमौलीमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काव्यकृतिमाथि भएको चर्चामा डा. ईश्वरचन्द्र वाग्लेले आफ्ना विचार व्यक्त गरेका थिए । नेपालयका तर्फबाट आभासले 'भरियाको भूगोल' कृति र पुस्तक यात्राका बारेमा प्रष्ट्याएका थिए ।

गीतकार सागर उदासको सभापतित्वमा आयोजित कार्यक्रमलाई राजु दहालले संयोजन गरेका थिए ।

गण्डकी वाङमय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम नेपाल पत्रकार महासंघको कार्यालयमा भएको थियो ।कार्यक्रममा कासीनाथ न्यौपाने, आकास अघिकारी, गौकुमारी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । यो पुस्तकयात्रा गत शुक्रबार हेटौंडाबाट शुरु भएको थियो ।