'भरियाको भूगोल'को चर्चा कुस्मामा

03 May 2017

२० गते ।

कवि तथा गीतकार दिनेश अधिकारीको काव्य-कृति 'भरियाको भूगोल'माथि चर्चा सम्पन्न भएको छ । स्थानीय संस्थाहरू प्याप्सन पर्वत, र्याण्डम रिडर्स सोसाइटी पर्वत र पर्वत साहित्य संगमले आयोजना गरेको कार्यक्रमलाई हिमबहादुर पौडेल क्षेत्रीले संयोजन गरेका हुन् ।

कार्यक्रममा नेपलयकातर्फबाट कवि-संगीतकार आभासले दिनेश अधिकारीको नयाँ कृतिबारे प्रकाश पारेका थिए । विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि दिनेश अधिकारीले प्रभावकारी ढंगले कविता वाचन गरेका थिए । कुस्माको कार्यक्रमपछि 'भरियाको भूगोल' लिएर नेपालयको टोली बाग्लुङतर्फ लागेको छ । आजै ४:३० बजे बाग्लुङमा पनि 'भरियाको भूगोल'माथि विमर्श हुने कार्यक्रम छ ।