पाल्पामा 'भरियाको भूगोल'माथि विमर्श

02 May 2017

१९ गते ।

पाल्पाको धवल पुस्तकालयमा कवि दिनेश अधिकारीको नयाँ काव्य 'भरियाको भूगोल'माथि विमर्श सम्पन्न भएको छ । कार्यक्रम सोही पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको सभापतित्वमा भएको थियो । राजेशकुमार अर्यालले संचालन गरेको कार्यक्रममा प्रकाशक नेपालयका तर्फबाट कवि तथा संगीतकार आभासले नयाँ कृति र कविका बारेमा संक्षिप्त्त टिप्पणी गरेका थिए । पाल्पाका प्रबुद्ध व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवि दिनेशले एक दर्जनजति कविता वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा उपस्थित व्यक्तित्वहरूको जिज्ञासालाई पनि कविले सम्बोधन गरेका थिए । कार्यक्रममा प्रजिअ र प्रहरी प्रमुखहरूसमेतको उपस्थिति रहेको थियो । पाल्पाको कार्यक्रम सकेर नेपालयको टोली कवि दिनेशलाई लिएर वालिङतर्फ लागेको छ । वालिङमा आजै साँझ ५:०० बजे 'भरियाको भूगोल'माथि चर्चा हुने छ ।