वालिङमा 'भरियाको भूगोल'

02 May 2017

१९ गते ।

कवि दिनेश अधिकारीको भरखर प्रकाशित काव्य 'भरियाको भूगोल'माथि चर्चा गर्दै देश दौडाहामा निक्लेको पुस्तक यात्राले आज स्याङ्जाको वालिङमा कार्यक्रम गरेको छ ।


बाल विद्या विकास स्कुलको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई लोक संस्कृतिका अनुसन्धाता तुलसी प्रभासले संचालन गरेका थिए । शिक्षासेवी एलपी जवारचनको निर्देशनमा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी लगायत स्थानीय साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।