Bahattar Saal ko Bhukampa: A book on Nepal Earthquake 2015

बहत्तर सालको भूकम्प

Dr. Tara Nidhi Bhattarai, Nimananda Rijal, Kishore Thapa

२०७२ सालको विनाशकारी भूकम्पपछि गरिएका उद्धार, राहत र खोजी कार्य; पुनर्निर्माणका प्रयासहरू; जोखिमयुक्त बस्तीहरूको पहिचान र जोखिममा रहेका बासिन्दाहरूको स्थानान्तरण; एकीकृत बस्तीहरूको निर्माण; पुनर्निर्माण कार्यमा सरकारी र गैरसरकारी संस्थाहरूको भूमिका, दातृ राष्ट्र र निकायको भूमिका आदि विषयमा धेरै अनुभव हासिल भएका छन् । नेपालमा जस्तै ठूलो भूकम्प गएका हाइटी, पाकिस्तान, भारत र चीनका तुलनामा नेपालको विशिष्ट अनुभव के रह्यो ? भूकम्प विज्ञानका विकासमा हामीले के योगदान गर्यौ ? विपद्अघि गर्नुपर्ने पूर्वतयारी कस्तो हुनुपर्ने थियो ? यस्ता विषयमा धेरै अध्ययन, सेमिनार, गोष्ठी, छलफल भएका छन् । तर तिनमा नेपालका प्राज्ञिक संस्थाभन्दा विदेशी दातृ निकायको संलग्नता बढी देखिन्छ र त्यसबाट विदेशी विद्वान्हरूको ज्ञानको भण्डार बढी विस्तार भएको पाइन्छ । भूकम्पले हाम्रा प्राज्ञ, वैज्ञानिक, नीतिनिर्माता, कर्मचारीतन्त्र सर्वसाधारणलाई के सिकायो ? हाम्रा संस्थाहरूको क्षमता र सक्षमता कत्तिको वृद्धि भयो ? भूकम्प प्रभावित जिल्लामा गरिएका पुनर्निर्माण र पुनःस्थापना कार्यबाट अन्य जिल्लाका बासिन्दाले नयाँ कुरा के सिके ? यो विषय अत्यन्त महत्त्वपूर्ण छ । १९९० सालपछिको ठूलो भूकम्प भएकाले २०७२ सालको भूकम्पलाई ठूलो विपद्का रूपमा लिनुपर्छ ।

FormatPaperback
ISBN (Paperback) 9789937953047
Pages 448
Language Nepali
Edition 1st
Genre Earth SciencesNon-fiction
Publication Date 2023-02-11
Dr. Tara Nidhi Bhattarai

Dr. Tara Nidhi Bhattarai

प्रा. तारानिधि भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन्, उनी काठमाडौँका त्रि–चन्द्र क्याम्पसमा २५ वर्षदेखि प्राध्यापनरत छन् । भूगर्भशास्त्र, विपद् व्यवस्थापन, दिगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरिरहेका उनले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा नेपालका प्रतिनिधिका रूपमा भाग लिई कार्यपत्रहरू प्रस्तुत गरेका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए ।

Nimananda Rijal

Nimananda Rijal

डा. निमानन्द रिजाल डा. निमानन्द रिजाल प्राविधिक शिक्षाविद् हुन् । उनले अफ्रिकी मुलुक बोत्स्वानामा करिब १७ वर्ष र नेपालमा १६ वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा योगदान दिएका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा प्राविधिक शिक्षामा पाठ्यक्रम निर्माण विषयमा अध्यापनरत छन् ।

Kishore Thapa

Kishore Thapa

ज्ञद्ध ई. किशोर थापा २०३१ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका इन्जिनियर किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् । सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग र निर्वाचन आयोगको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी विभिन्न विश्वविद्यालय र सङ्घसंस्थामा संलग्न रही भवन निर्माण, आवास तथा सहरी विकासका क्षेत्रमा अध्ययन–अनुसन्धानमा क्रियाशील छन्