Kishore Thapa

Kishore Thapa

1 Book

इन्जिनियर किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् । सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा उर्जा आयोग र निर्वाचन आयोगको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पूरै अवधि निर्देशक समितिको विज्ञ सदस्य थिए । हाल उनी विभिन्न विश्वविद्यालय र सङ्घसंस्थामा संलग्न रही भवन निर्माण, आवास तथा सहरी विकासका क्षेत्रमा अध्ययन-अनुसन्धानमा क्रियाशील छन् ।