प्रा. तारानिधि भट्टराई भूगर्भशास्त्रका प्राध्यापक हुन्, उनी काठमाडौँका त्रि–चन्द्र क्याम्पसमा २५ वर्षदेखि प्राध्यापनरत छन् । भूगर्भशास्त्र, विपद् व्यवस्थापन, दिगो विकास र जलवायु परिवर्तनका क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गरिरहेका उनले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा नेपालका प्रतिनिधिका रूपमा भाग लिई कार्यपत्रहरू प्रस्तुत गरेका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए ।
डा. निमानन्द रिजाल डा. निमानन्द रिजाल प्राविधिक शिक्षाविद् हुन् । उनले अफ्रिकी मुलुक बोत्स्वानामा करिब १७ वर्ष र नेपालमा १६ वर्ष प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासमा योगदान दिएका छन् । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा प्राविधिक शिक्षामा पाठ्यक्रम निर्माण विषयमा अध्यापनरत छन् ।
ज्ञद्ध ई. किशोर थापा २०३१ सालको एस.एल.सी. परीक्षामा प्रथम श्रेणीमा प्रथम भएका इन्जिनियर किशोर थापा नेपाल सरकारका पूर्वसचिव हुन् । सरकारी सेवामा रहँदा उनले सहरी विकास, शिक्षा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, जल तथा ऊर्जा आयोग र निर्वाचन आयोगको सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापनादेखि अन्त्यसम्म निर्देशक समितिको विज्ञ सदस्यको भूमिका निर्वाह गरेका थिए । हाल उनी विभिन्न विश्वविद्यालय र सङ्घसंस्थामा संलग्न रही भवन निर्माण, आवास तथा सहरी विकासका क्षेत्रमा अध्ययन–अनुसन्धानमा क्रियाशील छन्