Pinjadako Manchhe

पिँजडाको मान्छे

Sarala Gautam

संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकिपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन् । पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रष्ट्याउँदै लेखक गौतम भन्छिन्- 'महामारीले संसारलाई दुईवटा फरक धारमा विभाजन गरिदियो- कोविडभन्दा पहिलो र कोविडभन्दा पछिल्लो धार । महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ । यो अन्तरालमा पितृसत्ता, पर्यावरण्, कृषि, समानताका मुद्धाहरुलाई नियाल्ने नयाँ आयाम खुलेका छन । विराटतम स्वतन्त्रताको खोजिमा शहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरुको जञ्जालमा फस्दैगएको छ, त्यही प्रकृयाहरुको चिन्तनको उपज हो यो पुस्तक ।' संकलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ । समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन् ।

Format
Language Nepali
Edition First
Genre Non-fiction(Literary Collections / Essays)
Publication Date 26 Nov 2021
Sarala Gautam

Sarala Gautam

सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सुरुमा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् ।