View in English

लडाइँमा जनता - नेपालका युद्धका चित्रहरू समेटिएको नयाँ पुस्तक प्रकाशित हुने

12 Sep 2006

११३ फोटोग्राफरहरूले खिचेका २,५६१ तस्बिरहरूमध्ये नेपालको दशवर्षको युद्ध झ्ल्काउने १८० तस्बिरहरूलाई एक पुस्तकमा समेट्ने प्रक्रिया पूरा भएको छ । यसका लागि अन्तर्राष्ट्रियस्तरका तीन सदस्यीय छनौट समिति रहेको थियो ।  

नेपा–लयद्वारा प्रकाशित हुने यस पुस्तकलाई लडाइँमा जनताःः नेपालका युद्धका चित्रहरू २०५२ – २०६३ नाम दिइएको छ ।

यस पुस्तकका शब्दहरू अंग्रेजी र नेपाली दुवैमा छन् ।२७ भदौमा पुस्तक परिकल्पनाकार कुन्द दीक्षितले पुस्तकको आवरण र छानिएका तस्बिरहरूलाई विशेष समारोहबीच सार्वजनिक गरे । “२०५२ देखि २०६३ को अवधिमा नेपाली जनतालाई युद्धले ग्रस्त पा¥यो । माओवादीले यसलाई ‘जनयुद्ध’ भनेका छन् । यो नाम अमिल्दो भयो भन्न पनि मिल्दैन, किनभने यसले जनतालाई नै मा¥यो र जनताकै पीडा बढायो,” लेखक तथा छनौट समितिका सदस्य कुन्द दीक्षित आफ्नो भूमिकामा लेख्छन् ।  

निर्णायकहरूमध्ये, शाहीदुल अलाम र श्याम टेकवानी अन्तर्राष्ट्रि«यस्तरमै कहलिएका फोटोग्राफर र पत्रकार हुन् । छनौटको क्रममा उनीहरूले नेपाली सम्वेदनशीलतालाई ध्यान दिँदै अन्य देशका युद्धको अनुभवलाई पनि समेटेका छन् । तस्बिरहरूले जनतालाई हिंसाबाट मुक्त गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनीहरूको छ ।  

पाटनस्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पुस्तकका बारे प्रकाश पार्दै दीक्षितले भने, “मरेका मानिसका तस्बिर खिच्न त्यति गाह्रो हुन्न, जति त्यस घटनाको निर्णायक पललाई उतार्न कठिन हुन्छ । र फोटोले सम्वेदनशील भएर देखाउने कुरा नलुकाइकनै आफ्नो सन्देश दिन सक्नुपर्छ ।”

शाहीदुल अलामका अनुसार, उनी तस्बिरहरूमा रहेका गहनता र व्यावसायिकताबाट औधी प्रभावित भएका छन् । उनी भन्छन्, “यी तस्बिरहरूमा एउटा नयाँ जोश र गम्भीरता पनि थिए, जुन अन्यत्रका वरिष्ठ युद्ध फोटो पत्रकारको काममा कमै देखिन्छ । नेपाली फोटोग्राफरहरूले आश र राहत पनि देखाएका छन् ।” आवरण तस्बिर कैलाली, मोतिपुरस्थित प्रहरी चौकीको भ्वाङ परेको पर्खालबाट चिहाउँदै गरेका बालकहरूको हो । आवरणमा यस तस्बिरलाई छनौट गर्नुको कारण स्पष्ट पार्दै टेकवानी भन्छन्, “आवरणसहित अन्य तस्बिरहरू छनौटका मुख्य आधार तस्बिरको कलात्मक पकड, ऐतिहासिक महत्व, विषयवस्तुको सान्दर्भिकता रहेका छन् ।”

“छनौट प्रक्रिया पूरा भइसकेको छ, पुस्तक छपाइमा जानका लागि तयार छ र दुई महिनाभित्र बजारमा उपलब्ध हुनेछ”, पुस्तक प्रकाशक नेपा–लयका टोली नेता किरण श्रेष्ठ भन्छन्, “हाम्रो लागि यो अत्यन्तै महत्वपूर्ण काम हो र हामीलाई विश्वास छ यसले शान्तिलाई स्थायित्व प्रदान गर्न सघाउने छ ।”