‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ ।

