Parityakta's front cover
Get this book
Paperback Rs 275 Buy
eBook Rs 135 Buy
Buy paperback · Rs 275
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
परित्यक्ताParityakta

by Bhuwan Dhungana

एकालाप शैलीमा बाधिएको यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे; समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैले पूरा गर्ने प्रयत्न गर्नु पर्छ भन्नेतर्फ संकेत गर्दछ ।

भुवन कोइरालाका नामले सुरुमा साहित्यिक जगतमा परिचित भुवन ढुङ्गानाको जन्म विराटनगरमा भएको हो । बाल्यकालको शिक्षादीक्षा बनारसमा पाएकी उनले विश्वभारती विश्वविद्यालय, शान्ति निकेतनबाट नृत्य र बङ्गाली भाषामा स्नातक र त्रिविबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । पञ्चायतकालमा 'सिउँडी' साहित्यिक त्रैमासिकको सम्पादनसमेत गरेकी उनको युद्धको घोषणा गर्नुभन्दा अघि र 'धर्मविम्ब' कथासङ्ग्रह प्रकाशित छन् । बीपी कोइराला साहित्य सम्मानलगायत थुप्रै पुरस्कारप्राप्त उनको यो पहिलो उपन्यास हो ।

Book details

Genre
Contemporary Fiction
Language
Nepali
Format
Paperback
Edition
2nd
Published
June 28, 2020
ISBN-13
9789937937818
ISBN-10
9937937817
Weight
100 g
Bhuwan Dhungana

About the author

Bhuwan Dhungana

भुवन ढुङ्गाना

Bhuwan Dhungana is a Nepali writer and poet. She is best known for her short story The Thousand Rupee Note which has also been translated into English and Urdu. She was born as Bhuwan Koirala on 2 August 1947 (18 Shrawan 2004 BS) in Biratnagar city of eastern Nepal in a political family. She is married to former house speaker Daman Nath Dhungana.

भुवन ढुंगाना कथा, निबन्ध र उपन्यास सबै विधाहरुमा उत्तिकै सकृय रुपमा कलम चलाउने साहित्यकार हुन् ।भुवन ढुङ्गानाको जन्म वि.स. २००३ साल जेठ ३ गते विराटनगर मोरङमा कोइराला परिवारमा भएको हो। ढुङ्गानाको पहिलो प्रकाशित कृति 'शब्दकोशको अ झैं' कविता भएपनि उनी नेपाली कथाकारको रूपमा परिचित छिन्। 

उनका श्रीमान प्रतिनिधि सभाका पूर्व सभामुख तथा नेपाली काङ्ग्रेसका नेता दमननाथ ढुङ्गाना हुन्। 

View all books by Bhuwan Dhungana